नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स कर्णालीको अध्यक्षमा निर्मल केसी

सुर्खेत । नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कर्णाली प्रदेशको अध्यक्षमा निर्मल केसी निर्वाचित भएका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा भएको नाट्टा कर्णालीको प्रथम अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रदेश समितिको उपाध्यक्षमा भानुभक्त खड्का, महासचिव दीपक बुढा, सचिव प्रेमकुमार विसी र कोषाध्यक्षमा प्रेम दराई निर्वाचित भएका छन् ।

अधिवेशनले प्रदेश समिति सदस्यमा दीपक जैसी, वासना थापा, दिल बहादुर चौधरी र गौरव रेग्मीलाई निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिलाई कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घराज कोइराला, उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदम शाही, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेललगायतले हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नयाँ कार्यसमितिले कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन, संरचना विकास तथा व्यवसायीहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको अपेक्षा छ।