२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 25, 2026

लेख लागेर बिरामी भएका विदेशी नागरिकको उद्दार



हुम्ला । नेपाल र चीनको सीमाना हिल्सा नाका भन्दा केही अगाडि ताक्लाकोटबाट दुई जना विदेशी नागरिकहरूको आज हवाई उद्दार गरिएको छ । नाम्खा गाउँपालिमा वडा न. ५ स्थित हिल्सा नाकामा युएसएका दुईजना नागरिक जयश्री अक्सटकुनार पटेल र निते जयन्दर पटेल लेख लागेर बिरामी भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा सिमकोट ल्याई अहिले सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी चन्दका अनुसार उनीहरू केरुङ नाका हुँदै चीनको पुलाङ् काउन्ट्रिबाट नेपाल आउने क्रममा ताल्कोटमा घोडा चढेर लडेपछि एक जनाको ढाडमा चोट लागेको र एक जना सामान्य घाइते भएर हिँड्न नसक्ने भएपछि चीनले गाडी मार्फत हिल्सा नाकासम्म पुर्याएको र हिस्सा नाकासम्म आफु नै गएर हेलिकप्टरबाट सिमकोट ल्याई अहिले सुर्खेत पठाएको बताए ।

उनीहरूसँग जयन्द्र पटेल, अमी हिरालाल खत्री सहित ४ जनाको टोली थियो जसमा दुई जना बिरामी भएपछि उनीहरूको उद्दारको लागि आएको मनाङ एयरको ढल्(ब्इभ् हेलिकप्टर मार्फत दुईजना बिरामी सहित चारै जनालाई उद्दार गरिएको बताए ।

 

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार
Translate »