भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चट्याङले घाइते भएका शाहीको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइतेहरु पर्वत विक, हुमबहादुर थापा, नविन विक र सुनिता गिरीको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ ।

Translate »