सल्यानमा मिनीबस दुर्घटना हूँदा १४ जना घाइते

सल्यान । सल्यानमा आज दिउँसो मिनीबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । नेपालगन्जबाट सल्यानको कुमाख गाउँपालिकाको रागेचौरतिर जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी कुमाख गाउँपालिका २ बढाइज्युलानजिकै दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार सबै घाइतेलाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्दार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ । गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि २५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Translate »