सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले भरुवा बन्दुकसहित लेकबेसी नगरपालिकाको सिम दमारबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लेकबसी नगरपालिका–९, सिम दमारका ३८ वर्षिय धनबहादुर रावतलाई भरुवा बन्दुक सहित बाटोमा हिडिरहेको अबस्थामा पक्राउ गरेको हो ।

बन्दुक सहित पक्राउ परेका व्यक्ति उपर थप आवश्यक अनुसन्धान शुरु गरिएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीले जानकारी दिए ।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीलाई तीव्रता दिन थालेपछि अवैध हतियारहरु समेत फेला पर्न थालेको बताए ।
निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन जिल्लाका सबै निर्वाचन क्षेत्रमा रहेका मतदान स्थलको अवस्थासँगै नागरिकको धारणा समेत बुझ्न पैदल गस्ती, मोबाइल गस्ती जस्ता अभियान अघि बढाईएको उनको भनाइ छ ।

