२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 8, 2026

लागुऔषधमा सुर्खेतका युवायुवती



सुर्खेत जिल्ला पुरानाे ब्यवस्थाँ नि विकास क्षेत्रकाे सदर मुकाम नै भएकाे र ऐले जेनजीकाे सरकार बनेछिनि कर्नालिकाे सदर मुकाम नै भा हुनाले पनि हाेला आधुनिक साेसाईटिकाे देखासिकि सिकेकाे याे शहरका युवायुवतीहरु लागुऔषधमा अलि बढिनै तल्लिन देखिन्छन ।

लागुऔषधमा किनबेच ओसार पसार र सेवनमा पनि सुर्खेतकाे वीरेन्द्रनगर गिनेचुनेकै शहरमा पर्दछ । लागूऔषधकाे लतमा परेका युवाहरुकाे संख्याकै कारण यहाँरिह्याब सेन्टरहरुपनि युप्रै छन । शुरु शुरुकाे अबस्थामा प्रहरीका हाकिमहरुले नि लागूऔषध नियन्त्रणमा खुब ईन्टरेस्ट दिएकाे देखिन्थ्याे ।

गत बर्ष प्रहरीमा हाकिम भएर आउनु भएका प्रहरी प्रमुखज्युलेनि लागू पदार्थवालाहरुकाे भागाभाग पारेकाे र उनिहरुवाट रिभल्वर समेत फेला परेकाे समाचार समेत पढन पाईयाथ्याे । बिस्तारै प्रहरी हाकिम साहब पनि पुरानाे हुँदै जानू भाे त्यसपछि लागुपदार्थ किन्ने,बेच्ने,खाने सबैकाे संख्या बढदै गयाे ।

खासमा सुर्खेतमा जब जग्गाजमिनकाे मूल्यमा अत्यधिक बृध्दि भयाे अनि यहिसितै जग्गा किनबेचमा युवाहरुकाे ठूलाे जमात जग्गा किनबेचकाे काराेबारमा संलग्न भयाे । उनिहरुकाे व्यापार केही बर्ष यसरी माैलायाेकि उनिहरुले अत्यधिक पैशा कमाउन थाले, गाडि,माेटरसाईकल , हाेटेल रेष्टुरेन्ट जहाँ जहाँ गएर आनन्दकाे जीवन विताउन चाहन्थे विताए तर पनि उनिहरुले कमाएकाे पैशा सकियन ।

बजारमा राखेका सामान किन्दा उनिहरुले दस गुना बढि मूल्य दिन्थे र भाेलिपल्टदेखि सामान्य मान्छेले त्याे सामान किन्नै सक्थेन । करिब ८/१० बर्ष जग्गादलालहरुकाे विगविगि सुर्खेतमा निकै चल्याे । अथाहरुपमा कमाएकाे पैशा खर्च गर्ने र जग्गा बेचेरै माेजमस्ति गर्ने यहाँका पुगिसरि आएका मान्छेका सन्तानहरुले बढिभन्दा बढि आनन्द लिने चाहनाले पनि वीरेन्द्रनगरमा लागुऔषधवालाहरुकाे संख्या ह्वात्तै बढायो ।

ऐले त हाम्राे कर्नालिभरि एकहजार भन्दा बढि युवायुवती लागुऔषधमा जाेडिएका छन र काेहि बेच्ने त काेहि खाने अनि काेहि वसारपसार गर्ने ब्यवसायमा लाग्दा दक्षिणकाे भारतकाे बाेडरकाे जिल्ला बाँके, बर्दिया,कैलाली देखि उत्तरकाे हुम्ला जिल्लामा समेत लागूऔषध वालाहरु फिँजारीई सकेकाछन ।

प्रहरीबाटै प्राप्त तथ्यांककै कुरा गर्ने हाे भनेनि एकहजार बढि युवायुवती लागूऔषध सेवन तथा किनबेच र ओसारपसारमा संलग्न भएकाे देखिन्छ । बेलाबेलामा प्रहरीहरुपनि यसकाे सफाया गर्न लागि परेकै देखिन्छन । यतिसम्म कि सरकारलेनै लागूपदार्थ विरुद्धको अभियाननै चलाउने भनेर बर्षभरिमा एकसाता त नियमित कार्यक्रम नै राखेकाे हुन्छ ।

जिल्लामा सुरक्षा निकाय भित्र यसकाे राेकथामका लागि छुट्टै सेल खडा गरिएकाेछ र उक्तसेल रातदिन लागूऔषधवालाहरुकाे खाेजविनमा जुटेकै हुन्छ तर ,पनि भारतिय सीमाबाट हामीकहाँ नत लागूऔषध आउन कम भएकाेछ न सेवनकर्ता र वसार पसारवालामा कमि आएकाेछ । राज्यकाे संयन्त्र रातदिन जुटेकाे जुट्यै गर्ने त्यसमा कमि नआउने भएछि अब सम्बन्धित निकायहरुले अध्ययन अनुसन्धान, वसारपसारकाे तरिका व्यक्ति पहिचानका कुराहरुमा नयाँ तरिका अबलम्बन गर्नु पर्ने देखिन्छ ।

सिमा पार गरेर गएका ब्यक्ति अनि तिनिहरु बाेर्डरबाट फर्किँदा उनिहरुले ल्याएकाे सामान र बाहनकाे राम्रोशीत खान तलासी गर्ने र कर्नालि भित्र छिर्ने सडकहरुमा चेकजाँचलाई कडा बनाउने र प्रहरीहरुसित याैटा मनाेविज्ञान बुझ्ने मान्छेसाथमै भएर खान तलासी गर्ने हाे भने लागू आैषधकाे याे डरलाग्दो परिणामबाट पार पाउन सकिन्छ ।

यसमा सुरक्षा निकाय सँगै औषधि व्यवसायि तथा वितरकहरुले नि ईमान्दारीपूर्वक काम गरिदिने हाे भने लागुऔषधमा फसेका युवा युवतिहरुलाई पुरानै अबस्थामै फर्काउन सकिन्छ भने नयाँलाई त्याे बाटाेमा नजाने बनाउन सकारात्मक परिणाम आउन सक्छ । याे अभियानमा तिनका अभिभावकहरुलाई पनि जाेडन सकियाे भने पनि यसले सार्थक परिणाम ल्याउन सक्छ ।

प्रहरीले लागू पदार्थ सेवन कर्ता वा विक्रेताका रुपमा पक्राउ गरेर केही दिन राख्याे र छाेड्याे वा छाेरा छाेरी पक्राउ परे भनेर पुलिसकाँ आएर अभिभाबकले छुटाएर लग्याे अनि त्यसकाे भाेलि पल्टै तिनले मागेजति पैशा दिएर उसलाई खुसी पार्याे भने पुलिस एक्लैले याे अभियान सफल बनाउन सक्दैन ।

त्यसैले लागूपदार्थबाट छुटकारा पाउने हाे भने अभिभावक,छिमेकि,गाँउसमाज,साथी संगति, वडा प्रतिनिधि सब्बै एक भएर लागूपदार्थ विरुद्ध जुटदै लागूपदार्थवालाहरुले थाहा नपाएकाे नयाँ टेक्निक प्रयाेग गरेर पक्राउ गर्न सक्याे भने याेबाट पार पाउन सकिएला अन्यथा परिणाम सकारात्मक निस्केला त्यस्ताे लाग्दैन । के सम्बन्धित निकायहरु नयाँ तरिकाले प्रस्तुत हुन तयार हाेलान  ?  “बिरसिक्का” ।

–श्रीधर पौड्याल सुर्खेतका वरिष्ठ पत्रकार हुन् । 

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
Translate »