२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 9, 2026

नेपाल प्रहरी श्रीमती संघद्वारा वृक्षारोपण तथा सरसफाई



सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले आफ्नो ४२ औं वार्षिक उत्सवको अवसर पारेर वृक्षारोपण तथा मन्दिर सरसफाई कार्यक्रम गरेको छ ।

संघले शनिबार नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश सचिव भुमिका तारामी मगरको नेतृत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसर भित्र विभिन्न जातका फलफूलका बिरुवाहरूको वृक्षारोपणसँगै वीरेन्द्रनगर–९, लाटिकोइली स्थित शिव मन्दिर परिसरमा सरसफाइ गरेको हो ।

वार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) जयराज सापकोटासँगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेत, कर्णाली प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय सुर्खेतलगायतका प्रमुख तथा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
Translate »