२०८३ भदौ २० , शनिबार
Sky News Nepal
September 5, 2026

नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा डा. पौडेल



सुर्खेत । नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा डाक्टर खेचरनाथ पौडेल निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

सुर्खेत शाखाको कार्यकारणी समितिको वरिष्ठ उपाध्यक्षमा डाक्टर शुभ श्रेष्ठ, सचिवमा डाक्टर किशोरकुमार विष्ट, कोषाध्यक्षमा डाक्टर आकांक्षा राना, सह–सचिव डाक्टर भिष्मप्रसाद पोखरेल र सह–कोषाध्यक्षमा डाक्टर अनुप रेग्मी निर्वाचित छन् ।

त्यसै कार्यकारणी समितिको सदस्यमा डाक्टर सन्दिप महत, डाक्टर निर्मल रसाली, डाक्टर नजरा थापा, डाक्टर खिमकुमारी न्यौपाने र डाक्टर पूर्णप्रसाद शर्मा निर्वाचित भएको निर्वाचन अधिकारी डाक्टर पुजन बल्लाले जानकारी ।

नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संघका निर्वतमान महासचिव सुशील समदर्शीले नयाँ नेतृत्वले चिकित्सकहरूको पेशागत हकहित र मर्यादा संरक्षणका साथै कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र सक्षम बनाउने दिशामा निरन्तर योगदान पुर्‍याउन सुझाव दिए ।

उनले निर्वतमान कार्यकाल सफल, फलदायी र सेवाभावले परिपूर्ण बनाउन निवर्तमान कार्यसमितिले पुर्‍याएको उल्लेखनीय योगदान र सेवाप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार
Translate »