

सुर्खेत । रसुवाको भोटेकोशी बाढीपहिरो पीडित सुर्खेतको वीरेन्द्रनगर स्थित डाइनामिक इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलले आर्थिक सहयोग गरेको छ ।
विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भई प्रभावित एवं पीडित बनेका परिवारहरुको शीघ्र राहत र उद्धारका लागि स्कुल परिवारको तर्फबाट ५१,५५५ (एकाउन्न हजार पाँच सय पचपन्न रुपैयाँ) को मानवीय सहयोग गरेको हो ।

यस विपत्तिको घडीमा सामाजिक उत्तरदायित्व बोध गर्दै विद्यालय र शिक्षक तथा कर्मचारीहरुद्वारा स्वेच्छिक रुपमा सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको स्कुलले जनाएको छ ।
पीडित परिवारहरुप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस परोपकारी कार्यमा सवैले आ–आफ्नो तर्फबाट सहयोग गर्न समेत स्कुलले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार











