२०८३ भदौ २५ , बिहीबार
Sky News Nepal
September 10, 2026

भोटेकोशी बाढीपीडितलाई सिद्धपाइला इङ्लिस मिडियम सेकेन्डरी स्कुलको दुई लाख आर्थिक सहयोग



सुर्खेत । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्दार, राहत तथा पुनःस्थापनाका लागि
सुर्खेतको वीरेन्द्रनगर–१०, शान्तिनगर स्थित सिद्धपाइला इङ्लिस मिडियम सेकेन्डरी स्कुलको आर्थिक सहयोग गरेको छ ।

विद्यालयले बाढीपीडितका लागि दुई लाख १५ हजार ५ सय ५१ रुपैयाँ सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग गरेको हो । विपद्को यस कठिन घडीमा शिक्षालय, विद्यार्थी र शिक्षक–कर्मचारीहरुको यस्तो संयुक्त प्रयासले बाढी प्रभावित परिवारलाई ठूलो राहत पुर्‍याउनुका साथै मानवीय संवेदना र सामाजिक एकताको बलियो सन्देश दिएको छ ।

बाढीबाट पीडित भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरिएको विद्यालयका प्रिन्सिपल नैनसिंह खत्रीले बताए ।

उनले बाढीबाट प्रभावित, घाइते तथा विस्थापितहरुको शीघ्र उद्दार, उपचार र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस कठिन घडीमा प्रभावित समुदायसँग विद्यालय परिवारको ऐक्यबद्ध रहेको बताए । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्दार कार्य शीघ्र सफल होस् भन्ने समेत उनले कामना गरे ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
Translate »