२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल बनेकी बाजुराकी सुत्केरीको हेलिकप्टरमार्फत उद्दार



सुर्खेत । अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल बनेकी बाजुराकी सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

गौमुल गाउँपालिका–५ की २६ वर्षीया सुत्केरी मनिसा रोकायालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल, सुर्खेत ल्याईएको हो । ९ दिनअघि गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी भएकी रोकायालाई सोमबार परिवारले जिल्ला अस्पताल, मार्तडी ल्याएको थियो ।

सोमबार साँझ नै उद्दारको प्रयास गरिए पनि समयभाव र प्रतिकूल मौसमका कारण सम्भव नभएपछि मङ्गलवार बिहान सुत्केरीलाई सुर्खेत ल्याईएको हो ।  सुर्खेत ल्याईएकी सुत्केरी अवस्था सामान्य बन्दै गईरहेको र नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार
Translate »