२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

जगदुग्लाको सञ्चालक समिति सदस्यमा सुवेदीको मनोनयन



सुर्खेत । कर्णाली प्रदेश सरकारले जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय भएको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख वरिष्ठ सिनियर डिभिजनल ईन्जिनियर सुवेदीलाई कम्पनीको सञ्चालक समिति सदस्यमा मनोनयन गरेको हो ।

बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको संगठन संरचना तथा दरबन्दी तेरिजसमेत स्वीकृत गरेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा प्रदेश सचिव डाक्टर चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १५ को उपदफा (१) बमोजिम एघारौं तह वा सोसरहको पदमा पदस्थापन गर्ने प्रदेश सरकारमा रहेको अधिकार सोही ऐनको दफा १३७ को उपदफा (१) बमोजिम मुख्यमन्त्री मंगलबहादुर शाहीलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।

उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन गरिने बताईएको छ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार
Translate »