

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ।
नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पांग्रामा सामान्य समस्या देखिए पनि जहाजमा सवार सबै यात्रु सकुशल छन् । जहाज अहिले धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिईन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको उनले बताए । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार











