जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको मृत्यु, दुई जना घाइते

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका-५ मा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण खसेको पहिरोले जाजरकोटको नलगाड नगरपालिका -५ , ढार सिर्केका गोरख खड्काका ९ वर्षीय छोरा प्रचञ्डको मृत्युभएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक अर्जुन साउदले बताए ।

पहिरोमा परी गोरख खड्का र उनकी श्रीमती घाइते भएकी छन् । घर माथिबाट पहिरो आएको हो । घाइते दुवै जनालाई उपचारका लागि जाजरकोट खलङ्गा पठाइएको उनले बताए। पहिरोले अन्य ६ घर उच्च जोखिममा परेका छन् ।

Translate »