सरकारले ल्यायो ‘पढ्दै कमाउँदै कार्यक्रम’

२५ भदौ, काठमाडौं । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ ।



