२०८३ कात्तिक ७ , शुक्रबार
Sky News Nepal
October 23, 2026

चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने



भदौ ६, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।

सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका छन् ।

उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरूले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए ।

उनले निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिन्ह मतपत्रमा समावेश नगर्ने तयारी रहेको बताए । उनले निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सैद्धान्तिक र व्यावहारिकरूपमा ठिक नभएको जिकिर गरे ।

साथै उनले निर्वाचन आयुक्तले राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन आग्रह गरेको बताए ।

प्रकाशित मिति : २०७९ भदौ ६ गते सोमबार
Translate »