२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

खुकुरी प्रहार गरी एक युवकको हत्या



बाँके । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो । गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभएको छ।

गएराति दुई समूहबीच झडप भएको थियो। त्यस क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार
Translate »