पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लामा


सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन् । जुम्ला सदरमुकाम खलंगामा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन् ।
एकदिनको जुम्ला बसाइको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गर्ने कार्यक्रम रहेको छ ।

