

हुम्ला । प्रतिबन्धित वन्यजन्तु कस्तुरीको विनासहित हुम्ला प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार दिउँसो ५ बजेतिर नाम्खा गाउँपालिका–२ का कन्जोक तामाङलाई कस्तुरीको विना सहित रंगेहात पक्राउ गरेको हो । सिमकोट गाउँपालिका–६, स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


अनुसन्धानका क्रममा पक्राउ परेका तामाङ दिल्लीहुँदै साउन–१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
उनले बरामद गरिएको कस्तुरीको विनाको बजार मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने जनाए । अहिले आवश्यक कार्वाहीका लागि बरामद गरिएको कस्तुरीको विनासहित तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाउने कार्य भईरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहीबार











