

काठमाडौं । कर्णाली यसभिएसले एभरेस्ट महिला भलिबल लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को प्रतिस्पर्धामा पराजित गर्दै विजयी बनेको हो ।

कर्णाली यसभिएसले जारी लिगमा अपराजित यात्रा गर्दै उपाधि जितेको छ । पहिलो दुई सेटमा २५–१७ र २५–२० ले जित हात पारेपछि उपाधिको ढोका खोलिसकेको कर्णालीलाई ललितपुरले तेस्रो र चौथो सेटमा २५–१९ र २५–२२ ले हराएर खेलमा फर्कने प्रयास गर्यो । तर अन्तिम पाँचौं सेटमा कर्णालीले १५–१३ को कडा प्रतिस्पर्धामा बाजी मार्दै उपाधि चुम्न सफल भएको हो ।
लिगमा सहभागी ६ टोलीले राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए । अन्ततः शिर्ष दुई टोली कर्णाली र ललितपुर फाइनलमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार










