जिम्बाब्वेले गाम्बियाविरुद्ध बनायो ३४४ रन, नेपालको रेकर्ड तोडियो


काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर खडा गरेको छ ।
यस स्कोरसँगै जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको हो । यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

उसले मात्र ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो । जिम्बाब्वेका लागि कप्तान सिकन्दर रजाले मात्र ४३ बलमा १३३ रनको विस्फोटक पारी खेले। यस क्रममा उनले ७ चौका र १५ छक्का प्रहार गरे ।
तादीवानाशे मारुमानीले १९ बलमा ६२ रनको योगदान दिए । जिम्बाब्वेको विस्फोटक ब्याटिङमा गाम्बियाका बलरहरू निरिह बने ।

