एनपिएल : सुदूरपश्चिम ९० रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो  ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले । उनले २३ बलमा अर्धशतक प्रहार गरे । २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे ।

Translate »