२०८३ साउन ३१ , आइतबार
Sky News Nepal
August 16, 2026

अछामको कमलबजार विमानस्थलमा तारा एयरको सफल परीक्षण उडान



अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ ।

निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् । तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्‌घाटन गर्ने कार्यक्रम छ ।

२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो। निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।

परीक्षण उडानको तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए । कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो । २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो ।

प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार
Translate »