एमाले नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा (एमाले) का नेता रघुजी पन्त नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्ने व्यवस्था छ । नवनियुक्त मन्त्री पन्तको बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

