२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

अहमदावाद विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्दार



काठमाडौं । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्दार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरेका छन् ।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १:३० बजे दुर्घटनाग्रस्त भएको थियो ।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भने, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।”

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्दार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्‍यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्दार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुुगाली नागरिक रहेका थिए ।

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार
Translate »