हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, १४ जना घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका– १ बैजीबाडामा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना एक जनाको घटनास्थलमै भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका–३ राया गाउँका अन्दाजी २० वर्षिय मिलन बोहरा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार १४ जना घाइते भएका छन् । दुर्घटनास्थलमा घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयहरूले उद्दार गरेर जिल्ला अस्पतालमा पुर्‍याएको प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

यस्तै ट्याक्टरमा सवारहरु सबै चुवाखोला वनबाट पोड्या संकलन गरी घर फिर्ता हुँदै गरेका थिए । उनीहरुले दोजाम गाउँबाट ट्याक्टर चढेर आएको बताइएको छ ।

Translate »