भिरबाट लडेर महिलाको मृत्यु

सल्यान । सल्यानमा गोठालो जाँदा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागचौर नगरपालिका–१०, पिपलनेटाकी २४ वर्षीय दिपा ओली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । माइतीघर बागचौर नगरपालिका–९, परिलेख गएकी ओली भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

सोमबार साँझ लडेर गम्भीर घाइते भएकी उनको उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

मोखल्यान सामुदायिक वनमा बाख्रा चराई घर फर्किने क्रममा भिरबाट करिब ५ सय मिटर तल लडेर उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

Translate »