२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

निर्वाचन सुरक्षाका लागि भोलिदेखि मुलुकभर सेना परिचालन हुँदै



काठमाडौं । सरकारले फागुन २१ को निर्वाचन सुरक्षाका लागि भोलि (बुधबार) देखि नेपाली सेना खटाउने भएको छ । निर्वाचन सुरक्षाका लागि एक महिनाअघिबाट सेना खटिने भएको हो ।

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने तयारी अनुसार बुधबारबाट खटिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट सेना परिचालन हुनेछ।

सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय गरेको छ। सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। सशस्त्र प्रहरीलाई पनि निर्वाचनमा खटाउने छ।

यसैवीच नेपाल प्रहरीका अनुसार नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिने छन् । प्रहरी मातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुने र उनीहरूको तालिम सुरु भइसकेको छ । सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुने छन् । त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिने छन् ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार
Translate »