दैलेखमा बँदेलको आक्रमणबाट घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याईयो

 

सुर्खेत । दैलेखमा जंगली बँदेलको आक्रमणबाट घाइते भएका दीपेन्द्र बडुवाललाई उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत ल्याईएको छ ।

घाइते भएका बडुवाललाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । दैलेख जिल्लाको आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा जंगली बँदेलको आक्रमणबाट घाईते ३० वर्षिय बडुबालको हात, खुट्टा र छातीमा चोट लागेको छ ।

आफ्नै गाउँबाट तिलेपाटा जाँदै गर्दा बाटोमै बँदेलको आक्रमणबाट घाईते बडुवालको अवस्था गम्भीर भएकाले पालिकाको सहयोगमा थप उपचारका लागि सुर्खेत पठाईएको आठबीस नगरपालिका उपप्रमुख कल्पना थापाले जानकारी दिईन् ।

अहिले उनको अवस्था सामान्य बन्दै गईरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Translate »