‘सामाजिक सञ्जालले चिनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने की, जनताको सुखदुःख बुझेको व्यक्तिलाई’ ?

सुर्खेत । नेपकपा एमालेका सचिव यामलाल कँडेलले सामाजिक सञ्जालले चिनेकोलाई प्रधानमन्त्री बनाउने की, जनताको सुखदुःख बुझ्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर बहस चलाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार वीरेन्द्रनगर निर्वाचन परिचालन समितिले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै सचिव कँडेलले यो चुनाव देश जोगाउने र देश बिर्गोने वीचको प्रतिस्पर्धा भएकोले सबै नेता कार्यकर्ताले चूनौतीको सामना गर्दै जित हासिल गर्न आग्रह गरेका हुन् । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका कँडेलले कर्णालीमा यस पटकको निर्वाचनमा एमालेको उत्साजनक अवस्था रहेको जनाए । ‘२०७९ को निर्वाचन भन्दा यस पटक चुनावी भेला र कार्यक्रमहरु हेर्दा उत्साहजक भएको छ,’ उनले भने, ‘यस पटक धेरै ठाउँमा जित्छौं । पार्टीका बैठक र भेला आर्कषण र उत्साहजनक छन् ।’

उनले अहिले सबै दलहरु एक्लाएक्लै चुनाव लड्ने भएकाले एमालेलाई कर्णालीमा कुनै असर नपरेको बताए । बरु एमाले अझ बलियो भएर चुनावी मैदानमा प्रस्तुत भएको उनको भनाई थियो ।

Translate »