श्रीलंकाद्वारा नेपालसहित ४० देशलाई निःशुल्क पर्यटक भिसा सुविधा लागू

काठमाडौं । श्रीलंकाले नेपालीलाई निःशुल्क पर्यटक भिसा इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन (ईटीए) सुविधा लागू गरेको छ । काठमाडौंस्थित श्रीलंकाली दूतावासकाले नेपालसहित ४० देशका नागरिकका लागि श्रीलंकाले निःशुल्क पर्यटक भिसा इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन (ईटीए) सुविधा लागू गरेको जानकारी दिएको हो ।

दूतावासका अनुसार पर्यटनका लागि श्रीलंका जाने नेपालीले ३० दिनको डबल इन्ट्री पर्यटक भिसा ईटीए निःशुल्क प्राप्त गर्न सक्नेछन् । दूतावासका अनुसार यो सुविधा २५ मे २०२६ देखि लागू भएको हो ।

दूतावासले श्रीलंका भ्रमणमा जान चाहने नेपालीहरूलाई श्रीलंका यात्रा गर्नुअघि आधिकारिक वेबसाइट www.eta.gov.lk मार्फत वा काठमाडौंस्थित श्रीलंकाली दूतावासमा सम्पर्क गरी ईटीए लिनसमेत अनुरोध गरेको छ । यस सम्बन्धमा काठमाडौँस्थित श्रीलंकाली दूतावासमा सम्पर्क गरी थप जानकारी वा सहयोग लिन सकिने पनि दूतावासले जनाएको छ ।

Translate »