

सुर्खेत । प्रहरीले जबर्जस्ती करण उद्योग मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यन्वयन टोलीले विशेष सूचनाका आधारमा जिल्लाको पञ्चपुरी नगरपालिका केन्द्र बाबियाचौरबाट बुधबार सिम्ता गाउँपालिका–६,का २३ वर्षिय मिलन सुनारलाई पक्राउ गरेको हो ।

प्रतिवादी सुनारले गत वर्ष असोज ३० गते राती चौकुने गाउँपालिका–८, गुटु विशाल बजारमा ६४ वीरेन्द्रनगर (क२२) लाई जबर्जस्ती करणी उद्योग गरि वारदात मिति र स्थानबाटै भागेर फरार भएका थिए ।
प्रहरी नायव निरीक्षक केदार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरी कानूनी कारवाहीका लागि थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार











