२०८३ साउन २१ , बिहीबार
Sky News Nepal
August 6, 2026

राउटे समुदायकी एक महिलाको मृत्यु



सुर्खेत । जंगलमा घुमन्ते जीवन विताउँदै आएका लोपोन्मुख जाति राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ ।

दीर्घरोगले पीडित ६५ वर्षीया फलाटो शाहीको आज विहान मृत्यु भएको सोसेक नेपालको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार शाहीको मृत्यु भएसँगै अब राउटेको जनसंख्या १ सय ३२ मा झरेको छ । अहिले राउटेहरु पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार
Translate »