

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८, हुड्के स्थित शान्ति सामुदायिक वनभित्र सुकेको सालको टोड्कामा लुकाईछिपाई राखेको अवस्थामा तीन थान एकनाले भरुवा बन्दुक फेला परेका छन् ।
प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको कमाण्डमा खटिएको नियमित गस्ती टोलीले आज दिउँसो वेवारिसे अवस्थामा ती भरुवा बन्दुक फेला पारेको हो ।

बरामद भएका ती भरुवा बन्दुक थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाबियाचौरमा सुरक्षित राखिएको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार बन्दुक वरामद भएको स्थान प्रहरी चौकी बड्डीचौरबाट १२ किलोमिटर पूर्वमा पर्छ ।
प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार










