

रुकुम पश्चिम । माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–८, एकान्तमा भएको दुर्घटनामा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शौचालय जान गाडीबाट ओर्लिएकी स्वस्तिका र उनकी छोरीलाई विपरीत दिशाबाट आउँदै गरेको भे१ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । उपचारकै क्रममा बिहान ९ः३० बजे उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार











