२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 25, 2026

आयुर्वेद स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि



बर्दिया । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लो वर्ष आयुर्वेदिक स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ।

केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ४८ हजार ९ सय ५४ जनाले विभिन्न स्वास्थ्य सेवा लिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४६ हजार ४ सय ६१ जनाले सेवा लिएका थिए । यस्तै, आर्थिक वर्ष २०८२/८३ मा भने सेवाग्राहीको संख्या बढेर ६३ हजार ५ सय ७६ पुगेको निमित्त कार्यालय प्रमुख यकराज भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै बहिरङ्ग सेवातर्फ २० हजार ९ सय ३१ जनाले सेवा लिएका छन् । त्यस्तै, पूर्वकर्मरपञ्चकर्म सेवाबाट ७ हजार ५ सय २६, ज्येष्ठ नागरिक सेवाबाट ४ हजार ७३, प्रयोगशाला सेवाबाट २ हजार ९ सय ५४, नागरिक आरोग्य सेवाबाट १२ हजार ४ सय ६ र स्वर्णबिन्दु प्राशन सेवाबाट १३ हजार ३ सय ६१ जनाले सेवा लिएका छन् ।

केन्द्रले आयुर्वेदिक उपचार तथा विभिन्न स्वास्थ्य प्रवर्द्धनात्मक सेवाहरू प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको जनाएको छ । निमित्त कार्यालय प्रमुख भण्डारीका अनुसार केन्द्रबाट प्रदान हुँदै आएका आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । कार्यालय रहेको जग्गा तथा भवन अभावका बिच पनि सेवा प्रवाह गरि राखेको बताउँदै भएको सहयोग गर्न सरोकारवाला निकायलाई  उनले आग्रह गरे ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार
Translate »