२०८३ भदौ १७ , बुधबार
Sky News Nepal
September 2, 2026

एमयुसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त



काठमाडौं । सरकारले मध्यपश्चिम विश्वविद्यालय (एसयु) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सह–प्राध्यापक डा. सुदिप ठकुरी, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. डा.अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. तारादत्त भट्ट र राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त नियुक्त भएका छन् ।

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए ।

उनले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार
Translate »