

सुर्खेत । वन रक्षक बुद्धिराम चौधरी निजामति सेवा सम्मानबाट सम्मानित भएका छन् ।
२३औं निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित निजामती सेवा सम्मान २०८३ बाट उनी सम्मानित भएका हुन् । निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कार्यका लागि निजामती सेवा सम्मान वा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत वन रक्षक बुद्धिराम चौधरीले वन तथा वातावरण संरक्षण क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरे वापत निजामती सेवा सम्मान प्रदान गरिएको हो । सम्मानले दिगो वन व्यवस्थापनमा सकृय भूमिका निर्वाह गर्न थप प्रेरणा र जिम्मेवारी थपिएको सम्मान ग्रहण पश्चात चौधरीले बताए ।
प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र विशिष्ट अतिथि नेपाल सरकारका पूर्व सचिव तथा पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले देशभरिबाट छनौट भएका उत्कृष्ट निजामती कर्मचारीहरुलाई सम्मान प्रदान गरेका थिए ।












