

बाँके । भोटेकोशी बाढीपीडितका लागि नेपालगञ्ज कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन् ।
कैदीबन्दी आफैंले स्वस्फूर्त रुपमा संकलन गरेको १ लाख २ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले उक्त रकम कारागार प्रशासक (जेलर) नृपजंग शाही, मेडिकल विभाग प्रमुख कविराम बुढाथोकी मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।

रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस भन्ने उद्देश्य रहेको कैदीबन्दीले बताएका छन् ।
हाल नेपालगन्ज कारागारमा ८ सय ८८ जना कैदीबन्दी रहेका छन् । उनीहरुले दैनिक ८० रुपैया र ७ सय ग्राम चामल पाउँछन् । त्यही गाँस काटेर उनीहरुले बाढीपीडितलाई सहयोग गरेका हुन् ।
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार











