२०८३ भदौ २३ , मंगलबार
Sky News Nepal
September 8, 2026

कहिले सच्चिने एमालेका कार्यकर्ताहरु ?



राजनीतिक दलका जनप्रतिनिधिहरु किन यति धेरै स्वार्थी, नैतिक पतन, अराजक र भ्रष्ट बनेका होलान ? सामाजिक सन्जालमा हेर्दा जनप्रतिनिधिका कामले सर्बसाधारण आजित भै सकेका छन । ठूला नेताहरु त ठूलै भए तिनका गतिविधिमा बोल्ने र उनिहरुलाई सचिन दिने हाम्रो सुझाब उनिहरुका लागि बीष हुन्छ ।

तर स्थानीय तह र सँधै त्यै समाजसित जोडिएर काम गर्ने नेताहरुनि किन यसरी भ्रष्ट र निकम्मा भएका होलान् ? कर्नालिको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको वडा नं ११ का एमालेका निवर्तमान बडाध्यक्षको कुकृत्य सार्वजनिक हुनेगरि वर्तमान एमालेकै वडाध्यक्षले सामाजिक सन्जालमा हालेको सडकको दृष्य हेर्दा एमालेका कार्यकर्ताहरु किन यति बेथिति निम्त्याउन लागि परेका हुन देख्दै आश्चर्य लाग्यो ।

हिजोका दिनमा आँफै वडानं ११ को अध्यक्ष बनेर ५ बर्ष चलाएका र आफ्नो पालामानै जग्गाको अगाडि सडक खोलेर घडेरी बिक्री गरेर पैशा कमाएका नन्दराम शर्मा यो पटक चुनाब जितेर वडामा आफ्नो रजगज चलाउन नसकेपछि चुनाब हारेको पाँचौ बर्षमा आएर आँफैले बनाएको पिच गर्न अन्तिम चरणमा पु¥याएको बाटो आँफैले डोजर लगाएर भत्काएर तमाशा गरेछि ऐले निवर्तमान वडाध्यक्ष नन्दराम शर्मा मात्र हैन कि ११ नम्बरका सम्पूर्ण एमालेहरु वडाबासीका अगाडि मुख देखाउन नसक्ने अबस्थामा पुगेका छन ।

उता अध्यक्षले बाटो मासेर मैले सडकको जग्गा बेचेको पनि छैन र लगत कट्टि गरेको छैन त्यसैले अब यो बाटो कुनै पनि हालतमा दिन्न भनेछि उनलेनै बाटो दिएर जग्गा किनेका मान्छेहरु आफ्नो आवत जाओत गर्ने बाटो नै बन्द गरेका अध्यक्षको ब्यवहारदेखि दिक्क भएका छन । केन्द्रमा वलिले मच्चाएको बितण्डा कै शिखो गरेर स्थानीय स्तरमानि स्थानीय एमाले नेताहरुले देखाई रहेको ब्यबहारले एमाले जनतामाझ झनझन अलोकप्रिय बन्दै गै रहेकोछ ।

वडास्तरमा वडाका प्रतिनिधि र केन्द्रीय स्तरमा केन्द्रीय नेताहरुले मनपरि गर्दै जाने हो भने तीनिहरुका ब्यवहारले एमालेको अस्थित्व झनझन संकटमा परि रहेको छ । सत्तामा जान नपाएर तिलमिलाएको एमाले कहिँ सत्तामा पुगेर वितण्डा मच्चाउँदैछ भने कतै सत्तामा जान नपाएको रिसले जनताप्रति ईवि साँधेर आफ्नो कमिनिष्ट स्वभाव प्रदर्शन गरिरहेको छ ।

तर पनि आफ्नै कार्यकर्ताको व्यवहार देखेको नदेख्यै झै गरेर हिँडने एमाले नेताहरु भोलिका दिनमा जनताका अगाडि कसरी जालान गतिविधि देख्नेमा प्रश्न उभिनु स्वभाविक मान्न सकिन्छ । त्यसैले तलदेखि माथि सम्मकै एमाले नेताहरु आफ्नो व्यवहार सुधार्नुस यै ११ नं कै घटनाका वरिपरि रहेर कुरा गर्ने हो भने पनि ती निवर्तमान वडाध्यक्षसित घडेरी किनेर बस्नु जग्गा किन्नेले अपराधनै गरेको हो त, हैन भने आफू अध्यक्ष हुँदा र घडेरी विक्री गर्दा सम्म आँफैले गरेका सबैकाम ठिक र कानुनी हुने अनि आँफु पदबाट गएछि त्यै काम गैर कानुनि भएको प्रचारबाजी गर्दै सामाजिक सञ्जाल रङ्गाउने यस्ता कार्यकर्तालाई पाटिले कार्बाहि नगरेर जनताप्रतिनै अन्याय गर्दै जाने हो भने एक दिन एमाले पाटि छाडाहरुको खोर बन्नेछ ।

त्यसैले सुर्खेतका एमाले अध्यक्षमा चेतना फिरोस र आफ्ना कार्यकर्ताको त्यो दम्भप्रति स्वयं पाटिलेनि माफि माग्दै जनताप्रति अन्याए हुन नदिने प्रण गर्नु पर्दछ । अन्यथा एमाले दल झनझन छाडा बन्दै जानेछ । पाटि अध्यक्षमा चेतना भया ! –श्रीधर पौड्याल 

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
Translate »