२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

दैलेखमा तीन थान भरुवा बन्दुक बरामद



दैलेख । दैलेख प्रहरीले नौमुले स्थित भाडेखोला सामुदायिक वनको जंगलमा लुकाइछिपाइ राखिएको तीन वटा एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीले सोमबार विहान नौमुले गाउँपालिका–३ नौमुले तर्फ खटिएको प्रहरी टोलीले वडाको वस्तुस्थिति बुझ्न जाने क्रममा भाडेखोला सामुदायिक वनको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद गरिएका भरुवा बन्दुक बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
Translate »