२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

गोरु काट्नेलाई जेल सजायको फैसला



भिम सिजापति / असोज १९,दैलेख ।
दैलेखको भैरवी गाउँपालिका २ मा बारीमा बाँधिएका गोरु काट्नेलाई जिल्ला अदालत दैलेखले कैद सजायको फैसला गरेको छ । अदातलका न्यायाधीस दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका २ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतीपूर्तीको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको श्रेस्तेदार कार्कीले बताए । श्रेस्तेदार कार्कीका अनुसार विष्टबाट ४० हजार क्षतीपूर्ती भराउन पनि अदालतले फैसला गरेको छ । गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका २ रावतकोटका सोविन थापाका बारीमा बाँधिका गोरु काटेका थिए । एक गोरु काटिएको दिनमै मरेको थियो भने अर्को घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । आफुलाई दैलेख जिल्ला अदालतले न्याय दिएको गोरु धनी सोविन थापाले वताए। खेती लगाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा परेको थिएँ थापाले भने अदालतले न्याय दिएको छ, ।’ गोरु काट्नेबाटै अदालतले क्षतीपूर्ती वापतको रकम भराएपछि थप राहत पुगेको गोरु धनी थापाले वताए ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार
Translate »