२०८३ कात्तिक ८ , शनिबार
Sky News Nepal
October 25, 2026

सुर्खेतमा बसको चक्काले किचेर एक किशोरीको मृत्यु



स्काई न्यूज/ कार्तिक ११, सुर्खेत ।
सुर्खेतको चिङगाड गाउँपालिका—३, चिउडुवामा उल्टो गुडिरहेको बसको चक्काले किचेर एक किशोरीको मृत्यु भएको छ । सुर्खेतदेखि जाजकोटको शिवालय जाँदै गरेको लु १ ख—४८२३ नम्वरको यात्रुबाहक बस चिङगाडको उकालोमा लोड धान्न नसकेर उल्टो गुडिरहेको अवस्थामा आत्तिएर ढोकाबाट हाम फाल्दा सोही बसको चक्काले किचेर दैलेख डुङगेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षिया कमला बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटना स्थलमा प्रहरी टोली पुगेर थप आवश्यक अनुसन्धान शुरु गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए । उनका अनुसार गएराती पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसिडाँडामा दिवावलीको अवसर पारेर बालिएको मैनबत्तीको आगोबाट कुमार दमाईको घर जलेर करिब डेढ लाख मूल्यको सम्पत्ती नष्ट भएको छ ।

प्रकाशित मिति : २०७६ कात्तिक ११ गते सोमबार
Translate »