ओएण्डएमप्रति कर्णालीका कर्मचारीको विमती

विविध कार्यक्रम गरि निजामति कर्मचारी युनियन दिवस मनाईयो

भदौ १९, सुर्खेत ।
नेपाल निजामति कर्मचारी युनियन (संघ) का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले निजामति कर्मचारीको हक, हित र अधिकारका लागि सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउन आवश्यक रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) को २९ औं स्थापना दिवसको अवसरमा विहीबार वीरेन्द्रनगरमा यूनियन (संघ) सुर्खेतले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तनका लागि राष्ट्रसेवक कर्मचारीहरुको भूमिका अहम रहेकाले सबै स्तरमा मूल्यांकन आवश्यक रहेको औल्याए ।

‘कर्णाली प्रदेश सरकारले संगठन तथा व्यवस्थापनका लागि ल्याएको नयाँ दरबन्दी सृजना (ओएण्डएम) गरि कर्मचारीहरुको पदस्थापन गर्न लागेको प्रति हाम्रो विमत्ती छ,’ उनले भने, ‘सरोकार वालाहरुसँग छलफल नै नगरी एकलौटी ढंगले कर्मचारीको मनोवल गिराउने गरि ल्याईएको (ओएण्डएम) सबै कर्मचारीको हित विपरित छ, काम गर्ने कर्मचारीको मनोवल गिराएर कसरी सम्वृद्धि ल्याउन सकिन्छ ? ।’ उनले प्रदेश तहगत प्रणालिमा गई सकेकाले सबै तहको दरबन्दी सृजना गरि सोही वमोजिम पदास्थापन गरेर कसैलाईपनि फाजिलमा नराख्न समेत सुझाव दिए । यदी त्यसो नगरिए कर्मचारीबाट पदस्थापन कार्यको जोरदार विरोध गरिने उनको भनाइ थियो ।


उनले राजनीति आस्था भन्दा माथि उठेर देश निर्माणमा निजामति कर्मचारीको योगदानलाई सर्वोपरी ठानेर जनताको सेवामा जुट्न समेत कर्मचारी साथीहरुलाई आव्हान गरे । ‘सेवाग्राही हाम्रा देउता हुन्न भन्ने सम्झेर सेवा उपलब्ध गराउन कुनै कन्जुसाई नगरौं,’ उनले भने, ‘विधिको शासनलाई आत्मसाथ गर्दै भेदभाव रहित जनताको सेवामा समर्पित बनौं ।’


कार्यक्रममा युनियन (संघ) सुर्खेतका अध्यक्ष राजेशकुमार बुढा, सचिव मेघनाथ सापकोटा, केन्द्रीय सदस्य नन्दराम चौलागाई, यूनियनका प्रदेश सचिव गणेश थापा, स्वास्थ्य कर्मी संघका अध्यक्ष उदय थापालगायतको सहभागिता रहेको थियो । यसअघि यूनियन (संघ) ले आफ्नो स्थापना दिवसको अवसरमा स्थानीय वीरेन्द्र चोकमा दिप प्रज्वलन गर्नुका साथै विविध कार्यक्रम गरि मनाएको छ ।

Translate »