आगलागी पीडितलाई आर्थिक सहयोग

भदौ ३१, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले आगालागी पीडितलाई आर्थिक सहयोग गरेको छ । गत भदौं २१ गते अचानक आगलागी भइ धनमानलको क्षति भोगेका गुर्भाकोट नगरपालिका–८, मेहेलकुनास्थित उद्यमी भिउँदे वलीलाई सुउवा संघले राहात रकम प्रदान गरेको हो ।


संघले मामा भाञ्जा कृषि उपज संकलन तथा विक्री केन्द्रका प्रोपराईटर वलीलाई नगद ३५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष धनबहादुर रावत, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले संयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

Translate »