२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 24, 2026

ब्रोइलरका चल्लालाई मेहन्दी लगाएर बिक्री गर्ने ठग पक्राउ



असोज ४, सुर्खेत ।
ब्रोइलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर बेच्ने २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।ब्रोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्ला भन्दै बेचिरहेका उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन्। उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेकासहित करिब एक सयजति चल्ला बरामद गरिएको छ। पक्राउ परेका दुवै प्रहरीको हिरासतमा छन्।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिबार
Translate »