२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 24, 2026

वीरेन्द्रनगरमा ‘मेगा हेल्थ क्याम्प’ हुँदै



नवराज जैसी /असोज १०, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा निशुल्क ‘मेगा हेल्थ क्याम्प’ हुने भएको छ । मधुमेह, थाइराइड तथा हर्मोन जस्ता रोग बारे जन चेतना फैलाउने उद्देश्यले पहिलो पटक सामाजिक संघ संस्थाको समन्वयमा ‘मेगा हेल्थ क्याम्प’ गर्न लागिएको हो । वीरेन्द्रनगरमा सोमबार अल लायन्स क्लव एरिया नम्वर ६, सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा यहीं असोज १० र ११ गते सुर्खेत उद्योग वाणिज्य संघको प्राङगणमा आयोजना हुने मेगा हेल्थ क्याम्पमा मधुमेह, थाइराइड तथा हर्मोन रोग सम्बन्धित बहृत निशुल्क स्वास्थ्य शिविरको लाभ लिन सर्व साधारणलाई अपिल गरिएको छ । शिविर आयोजना समितिका संयोजक भद्र भण्डारीले विशेषतः मधुमेह, थाइराइड तथा हर्मोन रोग शहरमुखि रहेको पाइएकाले शहरीया व्यस्त जीवन विताउनेहरुका लागि मेगा हेल्थ क्याम्पबाट लाभ लिने सुनौलो मौका भएको बताए । उनले नेपालकै ख्याती प्राप्त मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर अंशुमाली जोशीद्वारा निशुल्क स्वास्थ्य परीक्षण गरिने भएकाले मौका फाइदा उठाउन सुर्खेतबासीलाई आग्रह गरे ।


सुर्खेतस्थित सम्पूर्ण लायन्स क्लव, सुर्खेत उद्योग वाणिज्य संघ, अल्का अस्पताल प्रालि, नेपाल मेडिकल एशोसिएशन सुर्खेत, शुभकामना पोलिक्लिनिक सुर्खेत र काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिको संयुक्त आयोजनामा दुई दिनसम्म सञ्चालन हुने मेगा हेल्थ क्याम्पमा स्वास्थ्य जाँच गर्न चाहने विरामीहरुले सुउवासंघको कार्यालयमै मंगलबारदेखी नाम दर्ता गर्न सकिने शिविर सह–संयोजक युवराज पौडेलले बताए । उनले शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी समस्या भएका विरामीले मात्र सहभागी हुन आग्रह गरे । उनका अनुसार विरामीलाई १० दिनसम्मको औषधी तथा रगत सुगर निःशुल्क परीक्षण गरिने छ । शिविरलाई ऐतिहाकिरुपमा सफल बनाउन विनोद श्रीवास्तव, शारदा शेर्पा, भीमप्रसाद पौडेल, राजु पाण्डे, बालकृष्ण श्रेष्ठ, भरत देवकोटा, सीता शर्मा तथा विनुसि भाष्करको संयोजकत्वमा उपसमितिहरु समेत गठन गरिएको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमबार
Translate »