कृषि बजार व्यवस्थापनको अध्यक्षमा शाही

असोज ७, सुर्खेत ।
कृषि बजार व्यवस्थापन समिति, सुर्खेतको अध्यक्षमा प्रवल शाही निर्वाचित भएका छन् । कृषि बजार व्यवस्थापन समितिका सदस्यहरुको भेलाले मंगलबार वीरेन्द्रनगरमा शाहीलाई निर्वाचित गरेको हो । विगत लामो समयदेखि सुर्खेत जिल्लामा रहेर कृषि विक्रेता व्यवसायी तथा कृषकको हक, हित तथा अधिकारका लागि आवाज उठाउँदै आएका शाहीलाई भेलाले भारी बहुमतका साथउ निर्वाचित गरको छ ।

भेलाले समितिको सदस्यमा लक्ष्मण खत्री, टोपेन्द्रजंग शाही, इन्दु शाही, इमानसिं बस्नेत, कर्णबहादुर बुढा, विवेक आचार्य र रम्मा कुमारी विसीलाई चयन गरेको हो । समितिमा व्यापारी, कृषक, वडा प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।

Translate »