सुर्खेतमा चक्कु प्रहारबाट घाइते रानाको मृत्यु

स्काई न्यूज /कार्तिक १५, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर–१०, दिपनगरमा चक्कु प्रहारबाट घाइते भएका चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ । दिपनगरमा मंगलबार देउसी भैली खेल्नेक्रममा चक्कु प्रहारबाट घाइते भएका रानाको भारतको लखनऊमा विहीबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगरका निर्मल सोनी, केशव खनाल र प्रेम गुरुङले रानालाई देउसी भैलो खेलिरहेको अवस्थामा एक्कासी पछाडीबाट टाउँकोमा चक्कु हानेर घाइते बनाएका थिए ।

चक्कु प्रहार घटनामा संलग्न मध्ये केशव खनाल र प्रेम गुरुङलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए । उनले चक्कु प्रहार घटनाका फरार निर्मल सोनीको तदारुकताका साथ खोज तलास कार्य जारी रहेको बताए । उनका अनुसार रानाको उपचारका क्रममा भारतमा मृत्यु भएको हुँदा कर्तव्य ज्यान कुसुर मुद्दामा थप अनुसन्धान भईरहेको छ ।

Translate »