सुर्खेतका ढेङ्गामगर उत्कृष्ट तेस्रो घोषित

स्काई न्यूज/कार्तिक १९, सुर्खेत ।
बजाज मोटरसाइकल इस्किल कन्टेस्ट (मास्टर मेच) बुटवल जोन तर्फ सुर्खेतका धनबहादुर ढेङ्गामगरले तेस्रो स्थान हात पारेका छन् । असिम अटो पाटर्स सुर्खेतका प्रमुख मेकानिकल समेत रहेका ढेङ्गामगरले बजाज मोटरसाइकल मास्टर मेच २०७६ बुटवल जोनको सोमबार नवलपरासीमा सम्पन्न इस्किल कन्टेस्टमा तेस्रो स्थान हात पार्न सफल भएका हुन् ।

इस्किल कन्टेस्टमा कुल सहभागि २२ जना प्रतिस्पर्धी मध्ये तेस्रो स्थान हात पार्न सफल  ढेङ्गामगरलाई कम्पनीका मेकानिकल ईन्जिनियर सन्तोष सुवेदीले सम्मान पत्रसहित ट्राफि प्रदान गरेका छन् । कास्यपदक विजेता ढेड्गामगरलाई मेकानिकल इन्जिनियर उमेश श्रेष्ठ, कल्याण विक्रम दवाडीलगायतले अघिल्लो राउण्डको प्रतियोगिताको लागि अग्रीम सफलताको शुभकामना समेत दिएका थिए ।

प्रतियोगितामा प्रथम स्थान विजय तिवारी कावासोती नवलपरासी एवं दोस्रो स्थान प्रकाशसिंह राठौर नेपालगञ्ज बाँकेले हात पारेका छन । यसअघिको इस्किल कन्टेस्ट प्रतियोगितामा ढेङ्गामगरले दोस्रो स्थान हात पारेका थिए । गुल्मीको दरवार गाउँपालिका–२, मा जन्मेका ढेङ्गामगर हाल वीरेन्द्रनगर–३, तातापानी टोलमा बस्दै आएका छन् । १८ वर्षदेखि असिम अटो पाटर्स सुर्खेतमा कार्यरत ढेङ्गामगर मिलनसार, कामप्रति ईमानदार तथा मेहनतमा विश्वास राख्ने मोटरसाइकल मेकानिकल हुन् ।



नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले हरेक वर्ष विभिन्न जोन अन्तर्गत बजाज मोटरसाइकल मर्मत तथा फिटिङ्ग गर्ने मेकानिकल वीच इस्किल कन्टेस्ट आयोजना गर्दे आईरहेको छ । बजाज मोटरसाइकलको इस्किल कन्टेस्ट पश्चिम क्षेत्र (बुटबल जोन) मा प्रदेश नं. ५, कर्णाली एवं सुदूरपश्चिम प्रदेशका मेकाँनिकलहरु वीच मास्टर मेच २०७६ सम्पन्न भएको हो । अब अघिल्लो राउण्डको प्रतियोगिता यहीं कार्तिक २७ गते काठमाडौंमा सम्पन्न हुने आयोजक बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।

 

ढेङ्गामगरले लगातार इस्किल कन्टेस्टमा दुई पटक आफ्नो उत्कृष्टता प्रर्दशन गरेपछि असिम अटो पाटर्स परिवारमा खुशी छाएको छ । असिम अटो पाटर्सका प्रबन्ध निर्देशक लक्ष्मण कँडेलले ढेङ्गामगरको सफलताले कर्णाली प्रदेशमा सेवाग्राहीलाई उत्कृष्ट गुणस्तरीय सेवा प्रवाह गरिरहेको अनुभूति भएको जिकिर गरे । उनले असिम अटो पाटर्समा काम गर्ने मेकानिकलदेखि अन्य सबै कर्मचारीहरु देशकै उत्कृष्ट स्तरका भएकै कारणले बजाज मोटरसाइकलले कर्णालीमा आफ्नो शानदार प्रर्दशन गरिरहेको बताए ।

Translate »